Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो

    कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 1K
    SHARES

    काठमाडौँ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव आफन्तहरूले बुझेर घर लगेका छन् । उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेर घर लगेका हुन् । गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले ज्यान गुमाएका थिए ।



    कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।



    मृतक तीनै जना पापाजोन कम्पनीमा कार्यरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार