Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?

    कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 342
    SHARES

    काठमाडौं । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ ।

    कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको छ । यो तथ्यांक सन् २०२३ सम्मको हो ।



    त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले दूतावासमा घरेलु महिला कामदारको तथ्यांक नरहेको बताए ।



    पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारले घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

    नेपालले २०७३ सालमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै प्रतिबन्धसमेत लगाएको थियो ।

    संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ७ वर्ष बित्न लाग्दा पनि हटेको छैन ।

    वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार