Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

    कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 324
    SHARES

    काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ ।

    कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ ।



    कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो ।



    आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् ।

    रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार