Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बाँस्कोटाले भने – प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ

    गोकुल बाँस्कोटाले भने – प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 654
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् । सांसद बाँस्कोटाले आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताए ।



    सांसद बाँस्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन ।’



    उनले आन्तरिकरूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने नेता बास्कोटाको अडान थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार