Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कर्णाली प्रदेशको बजेट बहुमतले पारित

    कर्णाली प्रदेशको बजेट बहुमतले पारित

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 522
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट बहुमतले पारित भएको छ ।

    आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले ल्याएको ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट मंगलबार बसेको प्रदेशसभाको २५ औँ बैठकमा पारित भएको हो ।



    अर्थमन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट असार १ गते संसदमा प्रस्तुत गरेका थिए ।



    चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत विनियोजन गरिएको छ ।

    साथै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार