Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बन्छ : पर्यटनमन्त्री किराती

    मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बन्छ : पर्यटनमन्त्री किराती

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 663
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने बताएका छन् ।

    जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    पर्यटनमन्त्री किरातीले भने,‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ, हाम्रो पहिलो शर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ ।’



    मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो ।

    पर्यटनमन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

    सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार