Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

    इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 579
    SHARES

    एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानत वारेन्ट जारी गरेको छ ।

    इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानत पक्राउ पुर्जी जारी गरेको हो ।



    इसीपीले गत वर्ष पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो। त्यसैको लागि उनी विरुद्ध वारेन्ट जारी भएको हो ।



    खान र चौधरीविरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार