Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै

    भारतीय प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 609
    SHARES

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्ने भएका छन् ।

    विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्न लागेका हुन् ।



    बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा उनी सहभागी हुनेछन् ।



    फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् । फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार