Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो, मेरो कुनै निजी स्वार्थ छैन : पर्यटनमन्त्री किराँती

    जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो, मेरो कुनै निजी स्वार्थ छैन : पर्यटनमन्त्री किराँती

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 648
    SHARES

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएर राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

    बिहीवार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले जहाज खरिदको विषयमा यस्तो बताएका हुन् । साथै नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी गराए ।



    खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने विषय भएको भन्दै उनले आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको समेत बताए ।



    दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको र हवाइजहाजको पनि कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनको भनाइ छ ।

    उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनु जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार