Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 627
    SHARES

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् ।

    केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् ।



    दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।



    साथै उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ ।

    दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् ।

    त्यसअघि लु दुई मुलुकमा राजदूत भइसकेका छन् । उनी किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् । साथै, उनलाई दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञानसमेत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार