Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भोलि नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

    भोलि नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 651
    SHARES

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।



    दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेश मन्त्री लुले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।



    लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने बताईएको छ । लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् ।

    उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार