Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सहायक विदेशमन्त्रीको नेपाल भ्रमण नियमित हो -अमेरिकी दूतावास

    सहायक विदेशमन्त्रीको नेपाल भ्रमण नियमित हो -अमेरिकी दूतावास

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नियमित भ्रमणको क्रममा नेपाल आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले स्पष्ट पारेको छ ।

    अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु दुईदिने भ्रमणमा नेपाल आउन लागेको स्पष्ट पारेको हो ।



    त्यसक्रममा सहायक विदेशमन्त्री लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने कर्पोरेट एक्सलेन्स अवार्ड प्रदान गर्ने दूतावासले जनाएको छ ।



    दूतावासले जारी गरेको विज्ञप्तिमा पूर्णा परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्ने कम्पनी भएको उल्लेख छ । ‘नेपाल बसाइका क्रममा लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार