Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते

    पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 993
    SHARES

    तेह्रथुम । तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो ।

    पहिरोले पुरेको स्थानबाट उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उनले बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै चारजना घाइते भएका छन् ।



    ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएको बताइएको छ ।



    घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार