Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसदमा प्रभु साहको प्रश्न – बस भाडा तोक्ने सरकारले वकिलको फिस तोक्नुपर्छ कि पर्दैन ?

    संसदमा प्रभु साहको प्रश्न – बस भाडा तोक्ने सरकारले वकिलको फिस तोक्नुपर्छ कि पर्दैन ?

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 609
    SHARES

    काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले बस भाडा तोक्ने सरकारले वकिलको फिस तोक्नुपर्छ कि पर्दैन भनी प्रश्न गरेका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् । सांसद साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको बन्दै उनीहरु कानुनप्रति जवाफदेही हुनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे ।



    सांसद साहले भने, ‘नेपालमा बस भाडा पनि सरकारले नियमन गरिराहुन्छ । एउटा फ्याक्टीका उत्पादन पनि सरकारले नियमन गरिरहेको हुन्छ भने वकिलहरुले बसहमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने? परामर्शमा कति पैसा लिने ? त्यसको न्युनतम र अधिकतम पसा तोक्नपर्ने हा कि होइन ? यसको बारेमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस्।’



    उनले यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । वकिलहरुले ठेक्का लिएर मुद्दा हेर्ने गरेको बताउँदै मुद्दा हारेमा उसले क्षतिपूर्ति दिनुपर्ने हो कि हैन भन्दै प्रश्न उठाएका छन् ।

    वकिलहरुले मनपरी पैसा लिने गरेका कारण गरिबले कानुन व्यावसायीलाइ राख्न समेत नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार