Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत मुगुमा एक घर, एक स्टिकर

    सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत मुगुमा एक घर, एक स्टिकर

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 603
    SHARES

    मुगु । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विषेश अभियान अन्तर्गत मुगु जिल्लामा पनि अभियान सुरु गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय र छायानाथ रारा नगरपालिकाको सहकार्यमा मुगु प्रहरीको फोन नंबरसहितको स्टिकर टाँस अभियान सुरू गरिएको हो।



    नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई जिल्ला भरिनै लागू गरिने र जिल्ला भित्रका ९ हजार भन्दा बढी घरधुरीहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिने बताईएको छ ।



    सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यले अपराधिक गतिविधिहरु निरुत्साहित गर्न र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन अभियान सुरू गरेको प्रहरिले जनाएको छ।

    नागरिक असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला पारेमा वा अन्य केही समस्या परेमा स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरहरुमा स्वयं आफैँ फोन गर्न सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार