Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यातायातमन्त्री ज्वालाले गरे कमला नदीस्थित भाँचिएको पुलको अनुगमन

    यातायातमन्त्री ज्वालाले गरे कमला नदीस्थित भाँचिएको पुलको अनुगमन

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 573
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गरेका छन् ।

    आइतबार मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भाँचिएको पुलको स्थलगत अनुगमन गरेका हुन् ।



    मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमनपछि छिटै पुल निर्माण गरी स्थायी समाधान खोज्ने बताए । उनले पुल तत्काल निर्माणका लागि मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरु समेत बसेर स्थायी समाधान छिटो भन्दा छिटो निकाल्ने योजनामा सरकार रहेको बताए ।



    मन्त्री ज्वालाले पुल निर्माणमा छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राखी पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ सरकार लाग्ने प्रतिवद्धता जनाए ।

    २०७८ असार १७ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम भासिएको थियो । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि त्यहाँका स्थानीयहरुले दुई वर्षदेखि सास्ती भोगिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार