Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कुरा काटेको निहुँमा युवतीहरूबीच ‘ग्याङ फाइट’, ३ युवतीमाथि निर्घात कुटपिट

    कुरा काटेको निहुँमा युवतीहरूबीच ‘ग्याङ फाइट’, ३ युवतीमाथि निर्घात कुटपिट

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 939
    SHARES

    सुनसरी । सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    प्रेमीको कुरा काटेको निहुँमा सुनसरी बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा गत शुक्रबार युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।



    युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गर्दै ग्याङ फाइट भएको थियो । फोन गरेर नै बोलाएर योजनाबद्ध कुटपिट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ५ जनाले ३ जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



    कुटपिटको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाइ खानेहरू चिनजानकै व्यक्ति हुन् । यस्तै कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको छ ।

    उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरी प्रहरीले जनाएको । अन्य चार जनाको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार