Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी डलरसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

    अमेरिकी डलरसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 561
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । महमदलाई नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका बेला प्रहरीले १० हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो ।



    अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थान अमेरिकी डलर फेला पारी महमदलाई प्रहरीले पक्राउ गरेको थियो ।



    महमदलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार