Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक लाख ६२ हजार विदेशी मुद्रासहित विमानस्थलबाट चार जना पक्राउ

    एक लाख ६२ हजार विदेशी मुद्रासहित विमानस्थलबाट चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 972
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ४ जना पक्राउ परेका छन् ।

    प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापा रहेका छन् ।



    प्रहरीले उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा समेत बरामद गरेको छ । बरामद मुद्रा करिब एक करोड १५ लाख रुपैयाँ बराबर रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो ।

    पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार