Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलबाट बरामद सुनको परिमाण यकिन गरिँदै, एजेन्टसहित ६ जना पक्राउ

    विमानस्थलबाट बरामद सुनको परिमाण यकिन गरिँदै, एजेन्टसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको परिमाण आज यकिन गरिने भएको छ ।

    राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेको थियो । सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने राजस्व अनुसन्धान विभागले जनाएको छ ।



    विभागले बुधबार विशेष सूचनाको आधारमा विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुर्याइएको सुन बरामद गरेको थियो । भन्सारका कर्मचारीसँगको मिलेमतोमा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार जाँच पास गरिएको अनुसन्धानका क्रममा खुलेको छ।



    स्रोतका अनुसार हङकङबाट ल्याइएको सुन भारततर्फ तस्करी गर्ने तयारी रहेको थियो । सुनसँगै दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनालाई पक्राउ गरिएको राजश्व अनुसन्धान स्रोतले बतायो ।

    विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार