Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच भेटवार्ता

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 588
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच भेटवार्ता भएको छ ।

    न्युयोर्कमा भएको उक्त द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने विषयमा छलफल भएको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।



    भेटपछि यूएनकी उच्च आयुक्त फतिमाले ट्वीटरमार्फत  एलडिसीको अध्यक्षको रुपमा राष्ट्रिय योजना आयोगले सफल नेतृत्व गरेको भन्दै उपाध्यक्ष श्रेष्ठलाई धन्यबाद दिएकी छिन् ।



    उच्चस्तरीय फोरममा नेपालको नेतृत्वको गर्दै अमेरिका पुगेका उपाध्यक्षले विभिन्न तीनवटा शत्रमा नेपालका तर्फबाट सम्वोधन गरेका थिए । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार