Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरण : थप दुईजना कार्गो सञ्चालक पक्राउ

    सुन तस्करी प्रकरण : थप दुईजना कार्गो सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 900
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हङकङबाट ल्याइएको लगभग एक क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप दुईजना कार्गो सञ्चालक पक्राउ परेका छन् ।

    राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरिएको विभागले जनाएको छ ।



    यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ। यसअघि बिहीबार अपराह्न चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए।



    बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार