Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने अनुमान

    चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने अनुमान

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतले धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

    भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।



    सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्‍याउने महानिर्देशनालयको सूचनामा उल्लेख गरिएको छ ।



    भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार