Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक क्वीन्टल सुन प्रकरण : लाजिम्पाटस्थित फ्ल्याट र सुन राख्ने गोदाममा विभागको छापा

    एक क्वीन्टल सुन प्रकरण : लाजिम्पाटस्थित फ्ल्याट र सुन राख्ने गोदाममा विभागको छापा

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 954
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राजश्व अनुसन्धान विभागले लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ । सशस्त्र प्रहरी बलको सहयोगमा विभागले बिहीबार बेलुकी तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएको फ्ल्याटमा छापा मारेको हो ।

    विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो । विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ लैजान लागिएको थियो । त्यसमा उनको संलग्नता रहेको हुनसक्ने आशंका छ । स्रोतका अनुसार उनको फ्ल्याटबाट केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको छ ।



    यस्तै विभागले बालुवाटारस्थित एक घरमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा पनि छापा मारेको छ । सो गोदामबाट ५/६ वटा पोका फेला परेको छ भने ती सामग्रीलाई विभागले शिल गरेर थप अनुसन्धान थालेको बताइएको छ ।



    मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । सोही प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परिसहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार