Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस बैठकमा आरजुको व्यंग्य – महामन्त्री थापाको प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो लाग्यो !

    कांग्रेस बैठकमा आरजुको व्यंग्य – महामन्त्री थापाको प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो लाग्यो !

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 552
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्ने बताएकी छन् ।

    शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै आरजुले पार्टीले दूरगामी योजना ल्याउनुपर्नेमा त्यो नभएको बताएकी हुन् । आरजुले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन दूरगामी खालको नदेखिएको टिप्पणी गरिन् ।



    आरजुले भनिन्, ‘देश कतातिर जाने राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन । म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’



    उनले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम उठ्न नसकेको टिप्पणी गरेकी छन् । घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो । सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पोखिन् ।

    उनले पार्टीभित्र रूपान्तरण आवश्यक भए पनि जिल्ला-जिल्लामा हुने रूपान्तरणका अभियान महाधिवेशन तयारीका लागि गरिएकोजस्तो देखिएको बताईन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार