Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलबाट फेरि सुनजस्तो देखिने साढे ४ किलो बढी पहेंलो धातु बरामद

    त्रिभुवन विमानस्थलबाट फेरि सुनजस्तो देखिने साढे ४ किलो बढी पहेंलो धातु बरामद

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद भएको छ ।

    विमानस्थलस्थित भन्सार कार्यालयले गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको पहेंलो धातु बरामद गरेको हो ।



    थाई नागरिकले हाते झोलामा ल्याएको १० थान बिस्कुट आकारको पहेंलो धातु फेला परेको भन्सार कार्यालय स्रोतले बतायो ।



    उक्त धातु सुन हो वा होइन भन्ने परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ । यसअघि मात्रै विमानस्थलबाटै एक क्वीन्टल सुन बरामद भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार