Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डीएसपीमाथि आक्रमण हुँदा खुट्टा फ्याक्चर, छानबिन समिति गठन

    डीएसपीमाथि आक्रमण हुँदा खुट्टा फ्याक्चर, छानबिन समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 1.6K
    SHARES

    महोत्तरी । महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) माथि बिहीबार राति आक्रमण भएको खुलेको छ ।

    धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी चन्देश्वर यादवमाथि महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा आक्रमण भएको हो ।



    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । डीएसपी गिरी काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचारत छन् । घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको देखिएको छ ।



    घटना बिहीबार राति भएपनि अहिलेसम्म पनि सार्वजनिक गरिएको थिएन् । घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार