Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीको सरुवा

    कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीको सरुवा

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 9.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत नायब उपरीक्षक (डीएसपी) वेद जोशीलाई सरुवा गरेको छ ।

    कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।



    डीएसपी जोशीलाई त्यहाँबाट तानेर राजेन्द्र श्रेष्ठलाई पठाइएको छ । यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ ।



    श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा खुलेआम स्वीकार गरेका थिए । मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबारदेखि तनाव भएको थियो ।

    सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो । मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका प्रहरी निरीक्षक श्रेष्ठले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडलाई उक्साएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार