Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लैनचौर वृत्तका डीएसपी एक महिनामै फेरिदै

    लैनचौर वृत्तका डीएसपी एक महिनामै फेरिदै

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 6.2K
    SHARES

    काठमाडौं । उपत्यकाको सर्वाधिक आकर्षणको पोष्टिङ रहेको प्रहरी वृत्त लैनचौरका डीएसपी एक महिनामै फेरिने भएका छन् ।

    गत महिना मात्र वृत्तमा सरुवा भएका चर्तुभुज ओझाको स्थानमा प्रहरी प्रधान कार्यालयले नयाँ डीएसपीलाई खटाउने तयारी गरेको छ ।



    डीएसपी ओझा राष्ट्रसंघीय शान्ति मिसनमा जाने भएपछि वृत्तको नेतृत्व फेरिन लागेको हो । डीएसपी ओझाले प्रतिस्पर्धाबाट प्रोफेलसल लेभल–३ मा यूएन मिसनमा नाम निकालेका छन् ।



    उनी आगामी महिना मिसन जाने तयारीमा छन् । जसकारण एक साताभित्रै वृत्तमा नयाँ डीएसपी खटाउन लागिएको प्रहरी स्रोत बताउँछ ।

    उता हालै मात्र वृत्तमा सरुवा भएका डीएसपीहरुको कार्यसम्पादन कमजोर देखिएको रिपोर्टिङ प्रहरी प्रधान कार्यालय पुगेको छ ।

    खासगरी महाराजगञ्ज, बौद्ध, गौशला र नयाँ बानेश्वरका डीएसपीले राम्रो कमाण्ड गर्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार