Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी

    स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 543
    SHARES

    काठमाडौं । सरकारले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा आएका गुनासोप्रति मन्त्रालय गम्भीर रहेको भन्दै यस्तो तयारी गरेको बताएका हुन् ।



    यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताए ।



    त्यस्तै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा परिवर्तन हुनुपर्नेमा जोड दिए ।

    उनले मन्त्रालय र महासंघ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्नेमा बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार