Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटनमन्त्री किराँतीले भने – सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार प्रतिबद्ध छ

    पर्यटनमन्त्री किराँतीले भने – सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 507
    SHARES

    बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्नेमा जोड दिए ।



    मन्त्री किराँतीले विदेशीहरुको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाइभ स्टार होटल जस्ता बन्न थालेको भन्दै त्यसो हुन नदिन सरकार गम्भिर रहेको बताए ।



    लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका किराँतीले सम्पदाहरुलाई संस्कृति र प्रकृतीमैत्री रुपमा विकास गर्नुपर्ने भन्दै सम्पदालाई सम्पदाकै रुपमा विकास गर्ने नीति सरकारले लिने उल्लेख गरे ।

    उनले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको स्मरण गर्दै लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार