Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिँदै, हस्ताक्षर संकलन जारी

    भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिँदै, हस्ताक्षर संकलन जारी

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 588
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आज बुधवार संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ विपक्षी गठबन्धन ‘इन्डिया’ले लोकसभामा प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको हो ।



    मणिपुरमा भड्किएको हिंसाका विषयमा संसद्मा अधिकतम चर्चा गर्न अविश्वासको प्रस्ताव सहायकसिद्ध हुने विपक्षी दलको विश्वासको छ । विपक्षी दलले मणिपुर घटनामा प्रधानमन्त्रीले जिम्मेवार देखाउने प्रयास थाल्ने भएका छन् ।



    अविश्वासको प्रस्ताव दर्ता गराउन सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ । भारतीय कांग्रेसका नेता अधीर रञ्जन चौधरीले आज अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

    सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ५० सांसदको हस्ताक्षर चाहिन्छ भने प्रस्ताव पारित हुन ५१ प्रतिशत समर्थन चाहिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार