Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अन्तिम दिनको कांग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्री शर्माले निर्णय सार्वजनिक गर्दै

    अन्तिम दिनको कांग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्री शर्माले निर्णय सार्वजनिक गर्दै

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । साउन २ गतेदेखि बसिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ।

    अन्तिम दिनको बैठक बुधबार अपराह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको बताईएको छ ।



    केन्द्रीय समितको बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठे पनि खाँणमाथि कस्तो नीति लिने भन्नेमा भने कांग्रेसभित्र एकमत नभएपछि नेताहरूबीच समझदारी जुटाउन निरन्तर बैठक बसेका थिए ।

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकको निर्णयहरु प्रस्तुत गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार