Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाउँपालिकाले किसानलाई चामल नदिएपछि एमाले चौरपाटीको विरोध, सर्वदलीय बैठक बोलाउन माग

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले सात महिना अघि कोदो संकलन गरेर हालसम्म पनि किसानलाई चामल नदिएको भन्दै विरोध गरेको छ । शुक्रबार एमाले चौरपाटी गाउँपालिका कमिटीले ध्यानाकर्षण पत्र जारी गर्दै गाउँपालिकाले किसानलाई सात महिनासम्म पनि कोदो बराबरको चामल उपलब्ध नगराएको कार्यप्रति भर्त्सना गरेको हो ।

यसअघि अनलाइन नेपालले 'चौरपाटी गाउँपालिकाले किसानलाई ठगी गरेको आरोप, ९३ क्विन्टल कोदोको दिएन चामल' भन्ने शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । त्यसपछि आम जनतादेखि राजनीतिक दल लगायतका व्यक्तिहरूले गाउँपालिकाको विरोध सुरु गरेका छन् ।

गाउँपालिका कमिटी अध्यक्ष झंकर साउँदद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ,“जनप्रतिनिधिहरू जनताको दैनिक जनजीविकाको पहरेदार हो भन्ने कुरा अवगत गराउँदै हाम्रो पार्टी कोदो संकलनमा अनियमितता लगायतका कार्यप्रति भर्त्सना गर्दै सत्य तथ्य के हो भन्ने कुराको सम्बन्धित निकायलाई जानकारी गराउन चाहन्छौ ।”

“यस चौरपाटी गाउँपालिकाको बारेमा सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा प्रकाशित समाचार अनुसार २४ लाख खानामा खर्च, कोदो संकलनमा अनियमितता, काम विहीन पुरानो अक्सरे मेशिन पाँच लाखमा खरिद आदि लगायतका विभिन्न जनसरोकारका सवालहरू माथि खेलवाड हुँदै गइरहेको जनगुनासो प्रति हाम्रो पार्टी एमाले सशङ्कित भएको ब्यहोरा जानकारी गराउँदछौँ,” ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

साथै आम गाउँपालिका वासीहरूलाई सम्बृद्धि बनाउनका लागी सहयोग गरिदिन हुन अनुरोध गरिएको छ । सो ध्यानाकर्षण पत्र एमाले गाउँपालिका कमिटीले गाउँपालिकाको प्रशासन शाखामा बुझाएको छ । साथै एमाले चौरपाटीले अनियमितता बढ्दै गएको भन्दै गाउँपालिकालाई सर्वपक्षीय, सर्वदलीय तथा बुद्धिजीवीहरूको बैठक बोलाई अन्तरक्रिया गर्न माग गरेको छ ।

यी हुन् एमाले चौरपाटी गाउँपालिका कमिटीले माग गरेका सूचना :

१. सर्वपक्षीय र सर्वदलीय तथा बुद्धिजीवीहरूको बैठक बोलाई अन्तरक्रिया गर्नु पर्ने,

२. आर्थिक वर्ष २०७९/८० को वार्षिक चालु तथा पुँजीगत खर्च विवरण उपलब्ध गरिदिन,

३. कोदो संकलन तथा बिक्री वितरणबारे जानकारी,

४. अक्सरे मेशिन तथा औषधी खरिदको विवरण

५. वडा नं २ को दाडिगे रना गाउँ जाने विद्युतको पोलहरूको जानकारी ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077