Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गाउँपालिकाका कामकारबाहीप्रति एमाले चौरपाटी ‘फायर’, कार्यालय घेराउदेखि आन्दोलनको चेतावनी

    गाउँपालिकाका कामकारबाहीप्रति एमाले चौरपाटी ‘फायर’, कार्यालय घेराउदेखि आन्दोलनको चेतावनी

    कुन पदाधिकारी के भन्छन् ?

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 2.2K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाका कामकारबाहीबाट प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि रुष्ट बनेको छ । दिनप्रति दिन अनियमितता र भ्रष्टाचार गरेको आरोप गाउँपालिकामाथि लाग्न थालेपछि एमाले चौरपाटी गाउँपालिका कमिटी पनि विरोधमा उत्रिएको हो ।

    शुक्रबार मात्रै गाउँपालिकालाई विभिन्न सूचना र सर्वदलीय बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । जनताहरू पनि गाउँपालिका गतिविधिदेखि निराश हुन थालेका छन् ।



    नेकपा एमाले चौरपाटी गाउँपालिका इन्चार्ज राम आउजीले आफूहरू हेरेर मात्रै नबसेको भन्दै उनले जनताका मुद्दालाई भित्रबाटै नै नियालेर अगाडी बढेको बताए । गाउँपालिकाले मनपरी गरेर दिनहुँ भ्रष्टाचारका मुद्दाहरू बाहिर आउन थालेको उनले बताए । सो भ्रष्टाचारका मुद्दाहरू आफूहरूको निगरानीले गर्दा बाहिर आएको उनको दाबी छ ।



    ‘जनताले विश्वास गरेर जसरी जिताएका थिए त्यो विश्वास अहिले छताछुल्ल बनाएको महसुस भइरहेको तपाईँ हामीले देखि नै रहेका छौ,’ उनले भने, ‘आगामी दिनहरूमा अझै हाम्रो पार्टी नेकपा एमाले कटिबद्ध भएर यो भ्रष्टाचार सरकारको विरुद्धमा खम्बा भएर उभिने पूर्ण विश्वास दिलाउन चाहन्छु ।’

    यस्तै एमाले चौरपाटी गाउँपालिका कमिटीका अध्यक्ष झंकर साउँदले चौरपाटी गाउँपालिकाको सरकार देश कै १ नम्बर भ्रष्टाचारी सरकारमा गनिन थालेको आरोप लगाए । ‘हामीले एक वर्षमा के कति काम गर्छ ? जनताका समस्याको समाधान कति गर्छ ? जनताले कतिको अभिभावक भएको महसुस गर्‍यो ? भन्दै कुरेर बसेका थियौ’, उनले प्रश्न गर्दै भने ।

    तर अहिले जताततै भ्रष्टाचारका कुरा, कृषिकहरुले दुःख गरेर उब्जाएको कोदोसँग चामल साट्ने विषय झण्डै एक वर्ष बित्न लाग्दा पनि जनताले चामल नपाएको उनको भनाई छ । ‘अब जनताका मुद्दाहरूका लागि भए पनि नेकपा एमाले अग्रसर भएर अगाडी जान्छ,’ उनले भने, ‘चाहे जस्तो सुकै बाधा अड्चन आओस् हामी पछाडि हट्दैनौ । यो भ्रष्ट सरकारलाई हामीलेले चेतावनी गराइसकेका छौ । अझै पनि यो सरकार सुनेन भने हामी पालिका घेर्न बाध्य हुने छौँ ।’

    यसैगरी पालिका कमिटी उपाध्यक्ष प्रेम खड्काले पनि जनताले आशा बोकेर २०७९ सालमा जिताएर पठाएका व्यक्ति नै चरम भ्रष्टाचारमा डुबेको आम पालिकावासीले थाहा पाइसकेको बताए । उनले अहिले भोट दिएर जिताएका आम जनता र मतदाताहरू नै निराश भएको आफूहरूले देखेको बताए ।

    ‘नेकपा एमाले चुप लागेर बस्यो अहिले सम्म प्रतिपक्षको भूमिका निभाएन भनेर हामीलाई चौरपाटीबासिहरुले प्रश्न गर्दै थिए,’ उनले भने,’ हामी चुप लागेर बसेका छैनौ । एक वर्ष हामी हेर्दै थियौँ कति जनता खुसी हुन्छन् ? के कति विकास हुन्छ ? सरकारको परीक्षा लिँदै थियौँ । तर एक वर्षमा विकास होइन उल्टै भ्रष्टाचार गर्ने जनतालाई ठग्ने, आफ्ना आसेपासेहरूलाई मात्र स्थान दिने काम भयो ।’

    यस्तै उनले वर्षौँदेखि काम गरिरहेका कर्मचारीलाई हटाउने जस्ता क्रियाकलाप मात्रै भएको बताए । ‘यो सरकारलाई हामीले चेतावनी दिएका छौ अबको केही दिनमा जनताका मुद्दा लाई लिएर एमाले अगाडी बढ्छ,’ उनले भने, ‘मानेन भने गाउँपालिका घेरिन पनि सक्छ ।’

    ‘जनताले तपाईंहरुलाई विश्वास गरेर जिताएर पठाएका हुन ? के भ्रष्टाचार गर्ला भनेर हुन ? आखिर गाउँपालिकावासीले अभिभावक पाएको कहिले महसुल गर्ने ? यी प्रश्नहरू खडा भएका छन् । अब नेकपा एमाले चुप बस्दैन जनताको साथ लिएर अगाडी बढ्छ’ उनले भने ।

    यस्तै सचिव पूर्ण खड्काले पनि यो भ्रष्ट सरकारले एक वर्षमा काण्डै काण्ड ल्याएर देशभर चिनाउन सफल भएको आरोप लगाए । उनले २०७४ सालमा नेकपा एमाले सरकार हुँदा विकासले फड्को मारेको दाबी गर्दै अब नेकपा एमाले निर्मम भएर जनताको समस्यालाई अगाडी बढाउने बताए ।

    अहिले त हामी चौरपाटी गाउँपालिकाका भन्न पनि लाज लाग्ने गरेको आम सर्वसाधारणको गुनासो रहेको उनको भनाई छ । ‘यो सरकारले अति गर्‍यो अब नेकपा एमाले पनि छ है भनेर दबाब स्वरूप हामीले केही बुँदागत रूपमा ध्यानाकर्षण गराएका छौ,’ उनले भने, ‘यदि ध्यानाकर्षण भएन भने गाउँपालिकाको कार्यालय घेराउ गर्नेछौँ ।’ जनताको समस्यालाई अगाडी बढाउँदै भ्रष्टाचारीलाई अब एमालेले कारबाही गर्ने उनको चेतावनी छ ।

    यी हुन् शुक्रबार गाउँपालिकासँग एमाले चौरपाटी कमिटीले माग गरेका सूचना :

    १. सर्वपक्षीय र सर्वदलीय तथा बुद्धिजीवीहरूको बैठक बोलाई अन्तरक्रिया गर्नु पर्ने,

    २. आर्थिक वर्ष २०७९र८० को वार्षिक चालु तथा पुँजीगत खर्च विवरण उपलब्ध गरिदिन,

    ३. कोदो संकलन तथा बिक्री वितरणबारे जानकारी,

    ४. अक्सरे मेशिन तथा औषधी खरिदको विवरण

    ५. वडा नं २ को दाडिगे रना गाउँ जाने विद्युतको पोलहरूको जानकारी ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार