Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चौरपाटीमा वाणिज्य बैंकको शाखा पुर्नस्थापनाको माग गर्दै अध्यक्ष साउँदले भेटे अर्थमन्त्री

    चौरपाटीमा वाणिज्य बैंकको शाखा पुर्नस्थापनाको माग गर्दै अध्यक्ष साउँदले भेटे अर्थमन्त्री

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.1K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदसहितको टोलीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । आइतबार उनले अर्थ मन्त्रालयमै गएर मन्त्री महतसँग भेट गरेका हुन् ।

    भेटमा उनले चौरपाटीमा राष्ट्रिय वाणिज्य बैंक चौरपाटी शाखा पुर्नस्थापनाको माग गरेका छन् । उनले फेसबुकमा तस्विर पोष्ट गर्दै लेखेका छन्, ‘आज माननीय अर्थमन्त्री ज्युसँग सेति लोकमार्ग र राष्ट्रिय वाणिज्य बैंक चौरपाटी शाखा पुर्नस्थापना सम्बन्धी छलफलमा ।’



    भेटमा चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँदसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्का, कांग्रेसका नेता गोविन्द शाह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । यस अघि पनि चौरपाटी गाउँपालिकाका अध्यक्ष सहितको टोलीले राष्ट्रिय वाणिज्य बैंक चौरपाटी शाखा पुर्नस्थापना हुने पर्ने माग गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेको थियो ।



    तर हालसम्म पनि बैंकको शाखा पालिकामा पुर्नस्थापना नभएपछि पुनः अध्यक्ष सहितको टोलीले अर्थमन्त्री महतलाई भेटेको हो । चौरपाटीमा रहेको सो बैंक १० वर्षे सशस्त्रद्धन्द्धको समयमा विस्थापित भएको थियो । जसकारण त्यहाँका जनता बैंकिङ सेवाबाट वञ्चित भएका थिए । हाल चौरपाटीमा प्रभु बैंकले सेवा दिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार