Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रहरीले पुनः व्युतायो ‘आरआइटी’, डेनीको कमाण्डमा नयाँ टिम गठन

    सुदूरपश्चिम प्रहरीले पुनः व्युतायो ‘आरआइटी’, डेनीको कमाण्डमा नयाँ टिम गठन

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 2.9K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह (आरआइटी) को नयाँ टिम गठन गरेका छन् ।

    कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि डीआईजी बोहराले दरबन्दी फिर्ता गर्दै आरआइटीको टिम नै खारेज गरेका थिए ।



    तर डीआईजी बोहराले पुनः एक साताअघि मात्रै प्रहरी वरिष्ठ नायव निरीक्षक डेनी स्वारको नेतृत्वमा ८ जनाको प्रदेश अनुसन्धान समूह (आरआइटी) को नयाँ टिम गठन गरेका हुन् । आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।



    बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको थियो । आक्रमणको आरोप दुई जना प्रहरीमाथि मात्रै लागेको भए पनि डीआईजी बोहराले सिंगो टिम नै खारेज गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार