Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्वार्थ बाझिने अर्थ समितिको सभापतित्व गर्दै चौधरी, विपक्षी र आफ्नै पार्टीका सांसदको विरोध

    स्वार्थ बाझिने अर्थ समितिको सभापतित्व गर्दै चौधरी, विपक्षी र आफ्नै पार्टीका सांसदको विरोध

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 552
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी सांसदको असन्तुष्टिबीच प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सभापतित्व गर्ने तयारी थालेका छन् ।

    विपक्षीको विरोध र आफ्नै पार्टीका सांसदको असन्तुष्टिबीच उनले जेष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गर्न लागेका हुन् ।



    स्वार्थ बाझिने भएकाले चौधरीले समितिको सभापतित्व गर्ने मात्रै होइन, समितिमै बस्न पनि नमिल्ने भनेर विरोध हुँदै आएको छ । यद्यपि, उनले बैठकको सभापतित्व नै गर्न लागेका हुन् ।



    प्रतिनिधिसभा अन्तर्गतका समितिहरूको सभापति चयन नहुँदासम्म समितिका जेष्ठ सदस्यले बैठकको सभापतित्व गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार