Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महाराष्ट्रमा निर्माणाधीन पुलमा दुर्घटना : १६ को मृत्यु, तीनजना घाइते

    महाराष्ट्रमा निर्माणाधीन पुलमा दुर्घटना : १६ को मृत्यु, तीनजना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 735
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्रको ठाणेमा पुल निर्माणको क्रममा ग्रिडर लन्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको छ ।

    समृद्धि एक्सप्रेस राजमार्गमा सोमबार राति भएको दुर्घटनामा १६ मजदुरको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।



    मिडिया रिपोर्टका अनुसार ग्रिडर मेसिन १०० फिटको उचाइबाट खसेको थियो । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।



    अहिले पनि धेरै मजदुर त्यही पुरिएको हुन सक्ने आशंका गरिएको छ। उद्धार कार्य जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार