Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनगढीको होटलबाट सञ्चालकसहित १० जना जुवाडे पक्राउ

    धनगढीको होटलबाट सञ्चालकसहित १० जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 942
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीको धनगढी बसपार्कस्थित कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

    मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरिएको छ ।



    पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देबवहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेका छन् ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार