Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अन्ततः चौरपाटी गाउँपालिकाले दियो सात महिनापछि किसानलाई चामल

    अन्ततः चौरपाटी गाउँपालिकाले दियो सात महिनापछि किसानलाई चामल

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 3.2K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाले किसानहरुलाई चामल वितरण गर्न थालेको छ । सात महिनासम्म किसानबाट कोदो संकलन गरेर पनि चामल नदिएर ठगेको आरोप खेपेको पालिकाले आजबाट चामल वितरण सुरु गरेको हो ।

    गत फागुनमै किसानबाट कोदो संकलन गरेको गाउँपालिकाले आर्थिक अभाव भन्दै चामल दिएको थिएन् । तर अनलाइन नेपालले ‘चौरपाटी गाउँपालिकाले किसानलाई ठगी गरेको आरोप, ९३ क्विन्टल कोदोको दिएन चामल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।



    त्यसपछि सामाजिक सञ्जाल फेसबुक लगायत विभिन्न पार्टीले पालिकाको चर्को विरोध गरेका थिए । नेकपा एमाले चौरपाटी गाउँपालिका कमिटीले पनि ध्यानाकर्षण पत्र नै गाउँपालिकालाई बुझाएको थियो । भने सामाजिक सञ्जालमार्फत पनि गाउँपालिकाविरुद्ध जनताहरु विरोधमा उत्रिएका थिए ।



    त्यसपछि दबाबमा परेको गाउँपालिकाले बुधबारबाट गाउँपालिकाका वडा नम्बर १ बाट किसानलाई कोदो बराबरको चामल दिन थालेको हो । लामो समयपछि भएपनि कोदो बराबरको चामल पाएपछि खुशी भएको त्यहाँका किसानहरुले प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार