Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढीको होटलबाट समातिएका जुवाडे वडाध्यक्षदेखि नेतासम्म, गलत पहिचान दिएको खुलासा !

    धनगढीको होटलबाट समातिएका जुवाडे वडाध्यक्षदेखि नेतासम्म, गलत पहिचान दिएको खुलासा !

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    कैलाली । कैलालीको धनगढी बसपार्कस्थित कलेल होटलबाट पक्राउ परेका १० जना जुवाडे वडाध्यक्षदेखि नेतासम्म रहेको खुलासा भएको छ । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको थियो ।

    सोही समूहमा दुईजना वडाध्यक्ष, राजनीतिक दलका नेता र कर्मचारी जुवाडे रहेको खुलेको हो । प्रहरीकाअनुुुसार पक्राउ परेका मध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौका वडाध्यक्ष रहेको खुलेको छ ।



    यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्र प्रदेश कमिटी सदस्य हुन् ।



    गोदावरी नगरपालिका–३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका–७ का स्थानीय हुन् भने उनी नेपाली काँग्रेसको पूर्व जिल्ला सदस्य हुुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

    पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए ।

    प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो । सुरुमा उनीहरुले प्रहरीलाई समेत गलत परिचय र ठेगाना दिएको पाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाविरुद्ध बुधबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । वडा प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलसहित केही होटलले बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने गरेको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार