Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिला विश्वकपको समूह चरणबाटै बाहिरियो ब्राजिल, फ्रान्स र जमैका अन्तिम १६ मा

    महिला विश्वकपको समूह चरणबाटै बाहिरियो ब्राजिल, फ्रान्स र जमैका अन्तिम १६ मा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 750
    SHARES

    एजेन्सी । उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल महिला विश्वकप २०२३ को लिग चरणबाटै बाहिरिएको छ ।

    समूह चरणको अन्तिम खेलमा जमैकासँग अप्रत्यासित रूपमा बराबरीमा रोकिएपछि ब्राजिलको विश्वकप यात्रा टुंगिएको हो ।



    अस्ट्रेलियाको मेलवर्न स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई स्पष्ट जितको आवश्यकता थियो । तर, बराबरीले ब्राजिललाई घर पठाउँदा जमैकालाई भने नकआउट चरणमा पुर्यायो ।



    जमैका पहिलोपटक महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘एफ’बाट फ्रान्स र जमैका प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । अर्को खेलमा फ्रान्सले पानामालाई ८ गोलको रोमाञ्चक खेलमा ५–३ ले हरायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार