Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिला फुटबल विश्वकपमा स्पेनको विजयी शुरुवात

    महिला फुटबल विश्वकपमा स्पेनको विजयी शुरुवात

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 567
    SHARES

    काठमाडौं । जारी महिला फुटबल विश्वकपमा स्पेनले विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा स्पेनले कोस्टा रिकालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

    कोस्टा रिकाकी भलेरिया डेल काम्पोले २१औं मिनेटमा गरेको आत्मघाति गोलसँगै स्पेनले अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै ऐटाना बोनमाटीले स्पेनको अग्रता दोब्बर पारेकी थिइन्।



    एस्थर गोन्जालेजले २७औं मिनेटमा गरेसँगै स्पेनले सुरआतमै ३–० को अग्रता बनाएको थियो। कोस्टा रिकाको रक्षापंक्तिमाथि हाबी बनेको स्पेनले ४६ प्रहार गरे पनि थप गोल गर्न सकेन।



    यसअघि आजै अष्ट्रेलियाको मेलर्बन रेक्टाङगुलर स्टेडियममा भएको खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

    बराबरीसँगै क्यानडा समुह बी को अंक तालिकाको दोस्रो र नाइजेरिया तेस्रो स्थानमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार