Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याड फाइनलमा

    महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याड फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 675
    SHARES

    काठमाडौं । इंग्ल्याड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    आयोजक अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड फाइनलमा प्रवेश गरेको हो ।



    यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इंग्ल्याडले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ। खेलको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याडले १–० को अग्रता बनाएको हो ।



    तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अष्ट्रेलियाको लागि गोल फर्काइन् । अष्ट्रेलियाले गोल फर्काएको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरिन् ।

    एलेसिया रुसोले ८६ औं मिनेटमा अर्को गोल गर्दै इंग्ल्याडलाई ३–१ ले जिताउँदै फाइनलको दिशा देखाएकी हुन् ।

    मिडफिल्डबाट आएको बललाई दाँया कर्नरबाट प्रहार गर्दै दोस्रो बार नजिक उनले गोल गरेकी थिइन् ।

    इंग्ल्याडले फाइनलमा स्पेनसँग खेल्नेछ । फाइनल खेल भदौ ३ गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार