Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • फिफा महिला विश्वकप फुटबलको उद्घाटन खेलमा नर्वेमाथि न्युजिल्यान्डकाे विजयी सुरुवात

    फिफा महिला विश्वकप फुटबलको उद्घाटन खेलमा नर्वेमाथि न्युजिल्यान्डकाे विजयी सुरुवात

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 717
    SHARES

    काठमाडौं । आजदेखि सुरु भएको महिला विश्वकप फुटबलमा आयोजक न्यूजील्याण्डले विजयी सुरुवात गरेको छ ।

    अस्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजनामा न्यूजिल्याण्ड र नर्वेबीच भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड १-० गोलले विजयी भएको हो ।



    न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह ‘ए’ मा रहेको न्युजिल्यान्डले ३ अकं जोडेको छ ।



    यस्तै आजै समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।

    ३२ टोलीको सहभागिता रहेको फिफा महिला विश्वकप प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार