Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फिफा महिला विश्वकप फुटबल आजदेखि

    फिफा महिला विश्वकप फुटबल आजदेखि

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 744
    SHARES

    काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ ।

    अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।



    न्युजिल्याण्डको इडेन पार्कमा हुने उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको न्युजिल्याण्ड र नर्वे खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ ।



    यस्तै आजै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच पनि प्रतिस्पर्धा हुने छ । यो खेल नेपाली समयअनुसार राति ८ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।

    फिफा महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार