Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

    फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 891
    SHARES

    काठमाडौं । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् ।

    सन् २०२६ को फिफा विश्वकपका लागि इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् ।



    कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो ।



    ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

    फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा छ भनेर प्रष्ट पारेका छन् ।

    उनले सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने पनि दावी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार