Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अर्जेन्टिना र नेदरल्याण्ड्समाथि फिफाले थाल्यो अनुसन्धान

    अर्जेन्टिना र नेदरल्याण्ड्समाथि फिफाले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ को विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको खराब स्वभावपछि अनुशासनात्मक कारबाही सुरु गरेको छ

    शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलमा खेलाडीले आक्रोशपछि फिफाको अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको हो।



    खेलमा अर्जेन्टिनाले २–० ले अग्रता लिएपनि डच टोलीले इन्ज्युरी समयको अन्तिम मिनेटमा रोमाञ्चक बराबरी गोल फर्काएको थियो।



    सो खेलमा स्पेनिस रेफ्रि एन्टोनियो माटेउ लाहोजले १८ वटा पहेँलो कार्ड देखाएका थिए।

    जारी विश्वकपमा सर्वाधिक पहेँलो कार्ड प्रयोग यही खेलमा भएको थियो। खेलको अतिरिक्त समयमा डच टोली १० खेलाडीमा सिमित बनेको थियो।

    फिफाको अनुशासन समितिले अर्जेन्टिनालाई आर्टिकल १२ को आंशिक उल्लंघन (खेलाडी र अफिसियल माथि दुर्व्यवहार) र १६ को (मर्यादा र सुरक्षा) उल्ल्घन अनुसार कारवाही गर्नेछ।

    यस्तै फिफाको अनुशासन समितिले सोही खेलमा अनुशासन संहिताको धारा १२ को सम्भावित उल्लंघनको कारणले नेदरल्याण्ड्स फुटबल संघलाई पनि कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार