Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारले नचाहेको भए क्विन्टल सुन पनि समातिने थिएन : रेखा शर्मा

    सरकारले नचाहेको भए क्विन्टल सुन पनि समातिने थिएन : रेखा शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 636
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए तस्करीको सुन समात्न नसकिने बताएकी छन् ।

    बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएकी हुन् ।



    प्रवक्ता शर्माले भनिन्, ‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ । तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’



    प्रवक्ता शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गरिन् । सरकारको अनुसन्धानप्रति आशंका लागे पछि समिति बनाउन सकिने उनको भनाइ छ।

    प्रवक्ता शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धतासहित लागेका बेलामा प्रतिपक्षले भनेजस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुनसक्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार